
नेपाल धितोपत्र बोर्डले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ लागू गरेको छ । यही माघ ३ गते बोर्डले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू गरेको हो ।
नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सीडीएस एन्ड क्लियरिङ्गलाई समेत पत्राचार गरिएको बोर्डले जनाएको छ ।
नियमावली लागू भएसँगै साना तथा कम चुक्ता पुँजी भएका कम्पनीहरूले पनि शेयर निष्कासन गर्न पाउने भएका छन् ।
कम्पनीहरूले जारी पुँजीको ३० प्रतिशतभन्दा कम र ४९ प्रतिशतभन्दा बढी नहुनेगरी शेयर निष्कासन गर्नुपर्नेछ ।
संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशनपश्चात्को चुक्ता पुँजीको सीमा बढीमा २५ करोड रुपैयाँ हुनुपर्ने नियमावलीमा उल्लेख छ ।
तर शेयर निष्काशन गर्ने संस्थाका सञ्चालक वा आधारभूत शेयरधनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको रहेमा शेयर निष्काशन गर्न पाउने छैन ।
यस्तो छ नियमावली