११ साउन २०८३, सोमबार

पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतङ्ककारी मारिए

माघ ३, २०८१
काठमाडौं
पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतङ्ककारी मारिए

पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा एक महिना भन्दा बढी लामो कारबाहीमा २२ लडाकू मारेका छन् ।

गत वर्ष डिसेम्बर १४ मा जिल्लाको तिराह क्षेत्रमा अपरेशन सुरु गरिएको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएस्पिआर) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मारिएका व्यक्तिहरू निर्दोष नागरिकहरूको हत्यालगायत धेरै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए । सेनाले उक्त क्षेत्रमा बाँकी खतरा हटाउन अपरेशन पनि सुरु गरिएको थियो ।

उक्त क्षेत्रमा दिगो शान्ति नआएसम्म सुरक्षाकर्मीले कारबाही जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।  

salt training

कमेन्ट गर्नुहोस्