३१ असार २०८३, बुधबार

प्रचण्डप्रति गोकुल बास्कोटाको कटाक्ष– सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ भन्या ?

माघ ४, २०८१
काठमाडौं
प्रचण्डप्रति गोकुल बास्कोटाको कटाक्ष– सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ भन्या ?

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बास्कोटाले सत्ता खुस्केको झोक सिस्टममाथि नपोख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुझाव दिएका छन् । प्रचण्डले दाबी गरेजस्तो गणतन्त्र खतरामा नरहेको बास्कोटाको टिप्पणी छ । 

सामाजिक सञ्जाल ट्विटरमा शुक्रबार सन्देश लेख्दै बास्कोटाले सरकार मात्र नभई व्यवस्था नै खतरामा परेको भन्ने प्रचण्डको दाबी गलत भएको बताएका हुन् ।

‘कमरेड सुप्रिमोले सरकार मात्र नभई सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन् । बढेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ? प्रमाण त छैन तर शंकाको सुविधा पाइयो । सजिलै गणतन्त्र खतरामा ? आउँछ के र को ? जवाफ खै ?,’ उनले लेखेका छन् । 

गृहजिल्ला चितवनमा पुगेर बिहीबार प्रचण्डले कांग्रेस–एमाले वर्तमान गठबन्धनका कारण व्यवस्था खतरामा परेको टिप्पणी गरेका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्