
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताएका छन् ।
आज समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीलाई प्रेस चौतारी नेपालमा प्रवेश गराउँदै बलियो राजनीतिक दल र शक्तिले मात्र मुलुकको विकास गर्ने बताए ।
महासचिव पोखरेलले जथाभावी पार्टी खोल्न ‘एजेण्डा’ ले नदिने भन्दै जनताले सोही आधारमा दललाई छान्ने बताए । उनले एमालेका लागि समाजवाद मुख्य विषय रहेको र समाजवाद प्राप्त गर्ने विधि लोकतन्त्र भएको स्पष्ट पारे ।
महासचिव पोखरेलले मुलुकलाई कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण भइरहेको भन्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने बताए ।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समाजवादको गन्तव्यमा पुग्न सबै कम्युनिष्ट एक ठाउँमा आउनुपर्ने बताए ।
विश्वमणि सुवेदीले सङ्गठनमा अभिव्यक्तिको स्वतन्त्रताको अनुभूति नभएपछि परित्याग गरेको बताए ।