नेपाल सरकारले गाजापट्टीमा युद्ध विराम गर्नेसम्बन्धी सम्झौताको स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गाजामा बन्धकहरूको रिहाइ र युद्ध विराम सम्झौताको स्वागत गरेको हो।
मन्त्रालयले अक्टोबर ७, २०२३ देखि मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।
विज्ञप्तिमा नेपाल सरकारले नेपाली नागरिक विपिन जोशी सहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको र अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ ।