०७ असार २०८३, आइतबार

आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

माघ ५, २०८१
काठमाडौं
आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ ।

दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नु परेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको छ । 

दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुनविपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्