२२ असार २०८३, सोमबार

महाकुम्भमा भेटिए अचम्मका ‘गोल्डेन बाबा’ : शरीभरी ६ करोडको सुन, मोबाइल कभर र लौरोसम्म सुनकै

माघ ५, २०८१
काठमाडौं
महाकुम्भमा भेटिए अचम्मका ‘गोल्डेन बाबा’ : शरीभरी ६ करोडको सुन, मोबाइल कभर र लौरोसम्म सुनकै

महाकुम्भको आध्यात्मिक र अद्भुत पर्वमा सन्त र ऋषिहरू विभिन्न रंग र पोशाकमा देखिन्छन् । भारतका मात्रै होइन, विभिन्न देशबाट सन्त, ऋषि र भक्तहरू आउँछन् । 

कुम्भ मेलामा एक बाबा (गोल्डन) आकर्षणको केन्द्र बनेका छन् । जो माथिदेखि तलसम्म सुनले भरिएका छन् । उनले दस-बीस तोला होइन ४ किलो सुन लगाएका छन् । यसको लागत लगभग ६ करोड भारु रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मानिसहरूले उनलाई 'गोल्डेन बाबा' भनेर बोलाउँछन्। उनी जहाँ जान्छन्, उनलाई हेर्नको लागि भीड लाग्छ। 

मिडिया रिपोर्टका अनुसार यी स्वर्णधारी बाबाको नाम एसके नारायण गिरीजी महाराज हो। जो ६७ वर्षका भए । उनी केरलाका बासिन्दा हुन्। हाल बाबा दिल्लीमा बस्छन् । उनी भन्छन्, 'सबै सुन साधनासँग सम्बन्धित छ।'

बाबाका अनुसार उनी शिक्षा क्षेत्रमा काम गरिरहेका छन्।

उनको औंठी र ब्रेसलेटदेखि घडीसम्म सबै सुनको छ । उनको हातमा रहेको मोबाइलको कभर पनि सुनौलो छ। बाबाको हातमा एउटा लौरो देखिन्छ र त्यो पनि सुनले बनेको हो । लौरोमा विभिन्न देवीदेवताका धेरै ठूला लकेटहरू छन् ।

salt training

कमेन्ट गर्नुहोस्