११ साउन २०८३, सोमबार

किएभमा रुसी आक्रमण, ४ जनाको मृत्यु

माघ ५, २०८१
काठमाडौं
किएभमा रुसी आक्रमण, ४ जनाको मृत्यु

युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी चार जनाको मृत्यु भएको युक्रेनका विदेशमन्त्रीले बताएका छन् ।

आक्रमणमा परी कम्तीमा तीन जना घाइते भएका छन् भने दक्षिणी शहर जापोरिजियामा राति भएको अर्को आक्रमणमा परी कम्तीमा १० जना घाइते भएको क्षेत्रीय गभर्नरले जानकारी दिएका छन् ।

किएभलाई अक्सर रूसी ड्रोन र क्षेप्यास्त्रहरूद्वारा लक्षित गरिए पनि राजधानीमा मृत्यु भने बिरलै हुने गरेका छन् । किनकि राजधानीलाई सुरक्षित गर्न युक्रेनी वायु रक्षा प्रणालीद्वारा अत्यधिक संरक्षित गरिएको छ ।

देशका अन्य स्थानहरूको तुलनामा किएभमा आक्रमणहरू रोक्न युक्रेनी सुरक्षा संयन्त्र सक्षम छ।​

किएभको सैन्य प्रशासनका प्रमुख टिमुर स्काचेन्कोले राजधानीको एक केन्द्रीय क्षेत्रतर्फ सङ्केत गर्दै टेलिग्राम पोस्टमा भनेका छन्, 'शेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु भइसकेको छ ।'

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जालमा आक्रमणप्रति आक्रोस व्यक्त गर्दै लेखेका छन्, 'पुटिन शान्ति होइन, युद्ध चाहन्छन् भन्ने यो अर्को प्रमाण हो ।'

उनले भने, 'अधिकतम आर्थिक र सैन्य दबाबका माध्यमबाट न्यायपूर्ण शान्ति स्वीकार्न बाध्य पार्नुपर्छ ।'

युक्रेनी वायु सेनाले दुई वटा इस्केन्डर ब्यालेस्टिक क्षेप्यास्त्र र २४ वटा रुसी ड्रोनलाई खसालेको जनाएको छ ।

तर खसालिएका क्षेप्यास्त्रहरू किएभको मध्य शेभचेन्किभ्स्की जिल्लामा ‘खसेको’ र औद्योगिक भवन, मेट्रो र आवासीय भवनसहितका क्षेत्रमा क्षति पुगेको र अस्थायी रूपमा स्थानीय पानी आपूर्तिमा क्षति पुगेको बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्