२५ असार २०८३, बिहीबार

तिब्बतमा शक्तिशाली भूकम्प, मानवीय क्षति नभएको दावी

तिब्बतमा शक्तिशाली भूकम्प, मानवीय क्षति नभएको दावी

तिब्बत, २ मंसिर– चीन स्वशासित तिब्बतको निङ्ची क्षेत्रमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिवार विहान ६ : ३४ बजे भूकम्प गएको हो । 

भूकम्पबाट कुनै मानवीय क्षति नभएको त्यहाँको प्रशासनले दावी गरेको छ । निङ्ची क्षेत्रमा मानवीय बसोबास नभएकाले मानवीय क्षति नभएको प्रशासनको भनाइ छ । 

भूकम्प गएपछि ५ रेक्टर स्केलका करिब ५ ओटा परकम्प आइसकेका जनाइएको छ । भूकम्प गएको क्षेत्रमा चीनको राजधानी बेइजिङ र छिमेकी प्रान्तहरुबाट उद्दार टोली र सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले घटनाको थप विवरण आउन बाँकी रहेको जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्