३० जेठ २०८३, शनिबार

इरानको सर्वोच्च अदालतमा २ न्यायाधीशको गोली हानी हत्या

माघ ५, २०८१
काठमाडौं
इरानको सर्वोच्च अदालतमा २ न्यायाधीशको गोली हानी हत्या

तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोली काण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ ।

'सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु भएको छ,' न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटना लगत्तै आत्महत्या गरेको जनाइएको छ ।

सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्यु भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ ।​

मिजानले मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह रहेको जनाएको छ भने उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतङ्कवादविरुद्धको अपराधसम्बन्धी’ मुद्दाहरू हेर्न गरेको पनि बताएको छ ।

उनीहरूको हत्याको कारण तत्काल स्पष्ट नभए पनि मिजानले आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ । 

मिजानका अनुसार घटनाको अनुसन्धान शुरू गरिएको अधिकारीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्