
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई घुर्की लगाइरहेको आरोप लगाएका छन् ।
पोखरेलले प्रचण्डले संसदको हिउँदे अधिवेशनको माग गरेपनि उनी प्रधानमन्त्री हुँदाचाहिँ माघको अन्तिम सातामा बोलाइएको बताएका छन् ।
‘प्रचण्डजी प्रधानमन्त्री हुदाँ हिउदे अधिवेशन माघको अन्तिम सातामा वोलाएको विर्सनु भएछ कि क्या हो उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ’, उनले शनिबार सामाजिक सञ्जालद फेसबुकमा भनेका छन् ।
प्रचण्डले प्रतिपक्षमा रहेका दलहरुको वैठक डाकेर विशेष अधिवेशन वोलाउने घुर्की समेत लगाएको पोखरेलको टिप्पणी छ ।
‘विशेष अधिवेशनले हिउदे अधिवेशनको आवश्यकता पुरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्यो क्यारे ! होइन त ?’, उनको भनाइ छ ।