०१ असार २०८३, सोमबार

रौतहटमा बम बिस्फोट हुँदा ८ जना घाइते

रौतहटमा बम बिस्फोट हुँदा ८ जना घाइते

रौतहट, २ मंसिर– रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरको छेउमा बम बिस्फोट भएको छ । मन्दिर नजिकै भएको विस्फोटमा परी ८ जना घाइते भएका छन् ।

बम बिस्फोट भएको ठाउँ नजिकै वाम गठवन्धनले चुनावी कार्यक्रम आयोजना गरेको थियो । सभामा सहभागी हुन जाने व्यक्तिहरु बिस्फोटमा परी घाइते भएका जनाइएको छ । 

बम विष्फोटमा परी स्थानीय ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले पनि बिस्फोटमा घाइते भएका छन् । 

घाइतेमध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्