०३ साउन २०८३, आइतबार

प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा भुसाललाई

माघ ६, २०८१
काठमाडौं
प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा भुसाललाई

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा भीष्मकुमार भूसाललाई प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको छ । 

उनलाई यही माघ ४ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको हो ।  

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) बमोजिम डा भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो । गत पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात् हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्