१६ असार २०८३, मंगलबार

वाम गठवन्धनको चुनावी सभामा बम बिस्फोट, ६ जना बढी घाइते

वाम गठवन्धनको चुनावी सभामा बम बिस्फोट, ६ जना बढी घाइते

भोजपुर, २ मंसिर– भोजपुरको साल्पासिलिछे गाउँपालिका–२ मा वाम गठवन्धनले आयोजना गरेको चुनावी सभामा बम बिस्फोट भएको छ । भोजपुर प्रदेशसभा क्षेत्र नम्बर (क)का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गरिरहेका बेला चुनावी सभामा बिस्फोट भएको हो ।

बिस्फोटमा परी केही कार्यकर्ता घाइते भएका जनाइएको छ । यद्यपि ठूलो हाताहाती नभएको प्रहरीले जनाएको छ ।

भोजपुरकै षडानन्द नगरपालिकामा पनि बम बिस्फोट भएको छ । बिस्फोटमा परी चुनावी कार्यक्रम सकेर फर्किँदै गरेका वाम गठवन्धनका ४ जना कार्यकर्ता र दुई प्रहरी घाइते भएका छन् ।

चुनावी कार्यक्रम सकेर फर्किँदै गरेका कार्यकर्तालाई लक्षित गरी माइन बिस्फोट गराइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्