१० साउन २०८३, आइतबार

बाबुरामले भने – ज्ञानेन्द्रलाई शीतल निवासमा भेटेको भए कुरा गर्थेँ

कात्तिक २०, २०७४
बाबुरामले भने – ज्ञानेन्द्रलाई शीतल निवासमा भेटेको भए कुरा गर्थेँ
काठमाडौं, ४ माघ– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफूले राष्ट्रपति भवन शीतल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भए भलाकुसारी गर्थेँ भनेका छन् । उनले सोमबार राष्ट्रपतिको छोरी निशाकुशुमको विवाहमा पुग्दा ज्ञानेन्द्र नआइपुगेको र आएको भए भेटेर कुरा गर्थेँ भनेका हुन् ।baburam
ज्ञानेन्द्र शीतल निवासमा पुग्दा नेताहरु तर्किएर हिँडेको भनि समाचारहरु आएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
भट्टराईले भनेका छन्, मेरो हकमा पूर्वराजासंग तर्किहिडेको आशंका सत्य हैन । म शितलनिवासमा छँदा वहाँ आइपुग्नुभएको थिएन । नत्र भेटेर कुरा गर्थें ।
राष्ट्रपतिको छोरी निशाकुशुमको विवाहमा आशिर्वाद दिन ज्ञानेन्द्र पनि पुगेका थिए । तर उनको पूर्वपञ्च दलहरुबाहेक अरुसँग भलाकुसारी भएको थिएन।

salt training

कमेन्ट गर्नुहोस्