१३ असार २०८३, शनिबार

सहायक हवल्दार भण्डारी ‘सशस्त्र प्रहरी वर्ष जवान’ अवार्डबाट पुरस्कृत

माघ ८, २०८१
काठमाडौं
सहायक हवल्दार भण्डारी ‘सशस्त्र प्रहरी वर्ष जवान’ अवार्डबाट पुरस्कृत

सशस्त्र प्रहरी सहायक हवल्दार किरणबहादुर भण्डारी ‘सशस्त्र प्रहरी वर्ष जवान’बाट पुरस्कृत भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण जुम्ला दरबन्दी भई ६ नम्बर बाहिनी सुर्खेतमा कार्यरत भण्डारी २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा पुरस्कृत भएका हुन् । 

ज्यानको बाजी लगाएर नदीमा बेपत्ता भएकाको उद्धार गरेर साहसिक कार्य गरेको भन्दै उनलाई पुरस्कृत गरिएको एपीएफले जनाएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु आचार्यले भण्डारीलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

गोताखोर भण्डारीले यो सम्मानसँगै नगद १० हजार, एक सन्ततीलाई १२ कक्षा अध्ययन गर्दासम्म वार्षिक २४ हजार र राष्ट्र संघीय शान्ति मिसनमा जाने अवसर पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्