
जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको हो ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।