०३ असार २०८३, बुधबार

राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने

माघ ८, २०८१
बुटवल
राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने

राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ।

आगामी चैत २४ देखि ३० गतेसम्म हुने आन्दोलनलाई सफल बनाउन रुपन्देही जिल्ला समितिले विभिन्न तयारीका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

रुपन्देही समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैतमा हुने आन्दोलनबारे जानकारीका साथै कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

सङ्घीयताको मुख्य पक्ष प्रदेश तहले गणतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको जनमोर्चाको दाबी छ । संघीयता खारेजीका लागि आन्दोलनको आह्वान गरिएको जनमोर्चाले जनाएको छ ।

जनमोर्चाले घोषणा गरेको कार्यक्रमअनुसार माघ १० देखि १२ सम्म जिल्लाभरि घुम्ती कोणसभा आयोजना हुनेछ।

यस्तै, फागुन ३ मा बुटवलदेखि सुनौलीसम्म मोटरसाइकल र्‍याली गरिनेछ ।

आन्दोलन सफल बनाउन स्थानीय व्यापारी, कर्मचारी, वकिल, डाक्टर, किसान, मजदुर, विद्यार्थी र आम जनसमुदायलाई आर्थिक, नैतिक, तथा भौतिक सहयोगका लागि पार्टीले अपिल गरेको छ ।

आगामी आन्दोलनका लागि रुपन्देहीमा गत मंसिर महिनादेखि नै टोलदेखि जिल्लासम्म बैठक र भेलाहरू सम्पन्न भइसकेका छन् । पुसदेखि विभिन्न तहका प्रशिक्षण कार्यक्रमसमेत सम्पन्न भएका जनमोर्चा रुपन्देही समितिले जनाएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्