१४ असार २०८३, आइतबार

प्रकाशको निधनले बाबुराम भट्टराई स्तव्ध

प्रकाशको निधनले बाबुराम भट्टराई स्तव्ध

काठमाडौं, ३ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनले प्रचण्डको पूर्वसहयात्री तथा नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू स्तव्ध भएको बताएका छन् । 

प्रचण्डपुत्र प्रकाशको आइतवार विहान निधन भएको हो । हृदयघातका कारण घरमै अचेत भएका प्रकाशलाई काठमाडौंको नर्भिक अस्पताल पुर्याउन नपाउँदै उनको निधन भएको अस्पताल स्रोतनले जनाएको छ । यद्यपि उनको निधनको औपचारिक घोषणा भने हुन सकेको छैन । 

माओवादीका पूर्व नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रकाशप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका छन् । 

‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु,’ डा. भट्टराईले फेसबुकमा लेखेका छन् । ‬

salt training

कमेन्ट गर्नुहोस्