०४ साउन २०८३, सोमबार

रुपन्देही आउँदै रवि लामिछाने, बुधबार अदालतमा उपस्थित हुने

माघ ८, २०८१
बुटवल
रुपन्देही आउँदै रवि लामिछाने, बुधबार अदालतमा उपस्थित हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा बयान दिनका लागि मंगलबार रुपन्देही आउने भएका छन् ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने तयारीमा छन् । 

रुपन्देही प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले लामिछाने रुपन्देही आउने तयारीमा रहेको बताए ।

उनी भोलि (बुधबार) आफैं अदालतमा उपस्थित हुनेछन् । 

लामिछानेविरुद्ध आइतबार रुपन्देही अदालतमा दर्ता भएको थियो ।

लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने र पूर्व डीआईजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई (जीबी)सहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो ।

पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्