०८ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीसँग बेलायती राजदूतको भेट

माघ ८, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीसँग बेलायती राजदूतको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आसन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्