
इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सी (बीएनपीबी)ले मध्य जाभा प्रान्तमा अवस्थित पेकालोङ्गन रिजेन्सीमा आएको बाढी र पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु र १० जना अझै बेपत्ता रहेको बताएको छ ।
पेकालोङ्गनका फादिया अराफिकले भनेन, 'धेरै उप–जिल्लाहरूले यस्तै घटनाहरू अनुभव गरे तापनि पेटुङ्क्रिओनो सबैभन्दा बढी प्रभावित भएको थियो ।'
सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म परेको भारी वर्षाले पेटुङ्क्रिनो उप–जिल्लामा बाढी-पहिरो निम्त्याएको हो ।
उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले मानिसहरूलाई सावधानी अपनाउन र नदीहरूबाट टाढा रहन आग्रह गरेका छन् ।