१९ असार २०८३, शुक्रबार

चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

माघ ८, २०८१
काठमाडौं
चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ सहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर ५.१ प्रतिशत थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो ।

रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु इहोङले पत्रकार सम्मेलनमा बताए । 

“सन् २०२४ को अन्त्य सम्म, गरिबीबाट बाहिर तीन करोड ३० लाख भन्दा बढी मानिसलाई रोजगारी दिइएको थियो,”लुले थपे । 

गत वर्षको अन्त्यसम्ममा चीनका सामाजिक सुरक्षा कार्ड धारकहरूको सङ्ख्या एक अर्ब सात करोड डिजिटल सामाजिक सुरक्षा कार्ड प्रयोगकर्तासहित करिब एक अर्ब ३९ करोड पुगेको प्रवक्ताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्