
आइसीसी महिला यू–१९ टी-२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समयानुसार मध्यान्ह सवा १२ बजेदेखि शुरू हुनेछ ।
नेपालले यसअघि खेलेका दुवै खेल हारेको थियो । अघिल्ला दुवै खेलमा पराज बेहोरेको नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्युन छ ।
नेपाललाई सुपर सिक्स पुग्ने सम्भावना जिवित राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।
तर, अस्ट्रेलियाजस्तो बलियो टोलीलाई हराउन सहज भने छैन । नेपाली युवा टोलीले सामना गर्न लागेको अस्ट्रेलिया बलियो टोलीमध्ये एक हो ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजय बेहोरेको थियो ।