०३ असार २०८३, बुधबार

रोकिएर बाटैमा, जुनार कोसेली ल्याउँला साथैमा… [तस्वीरहरू]

माघ ९, २०८१
सिन्धुली
रोकिएर बाटैमा, जुनार कोसेली ल्याउँला साथैमा… [तस्वीरहरू]

सिन्धुलीको बाटो भएर यात्रा गर्ने यात्रुहरूको प्रमुख कोसेली बनेको छ, सिन्धुलीको जुनार ।  त्यसैले यात्रुहरू ओहोरदोहोरको क्रममा  दुई–चार केजी भए पनि जुनार बोक्न छुटाउँदैनन् । 

यतिबेला सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-५ खनियाखर्क बजार जुनार र सुन्तलाले पहेँलपुर भएको छ । 

काठमाडौं–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको यतिबेलाको मुख्य कोसेली नै जुनार र सुन्तला बनेको छ । बीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरू जुनार किन्नैका लागि भए पनि केही समय खनियाखर्कमा विश्राम गर्ने गर्दछन् ।

null

यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौं र भारतका विभिन्न शहरसम्म लोकप्रियता पाएको छ । राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा  त्यस क्षेत्रका किसान र व्यापारीहरूको जीवन स्तर समेत उकासिएको छ ।  

पूर्वी तराईका विभिन्न जिल्लाबाट यही राजमार्ग हुँदै काठमाडौं आवात-जावत गर्ने दैनिक हजारौं साना ठूला सवारीका यात्रु नै जुनारको मुख्य ग्राहक हुन् । 

बीपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार बिक्रीका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन् । खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जन बढी जुनार व्यवसायी छन् । 

किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन् । अहिले भने जुनारको सिजन सकिन लागेकाले खनियखर्कमा १२० देखि १४० रूपैयाँ प्रतिकिलोसम्ममा जुनारको कारोबार भइरहेको छ । 

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्