२६ असार २०८३, शुक्रबार
शेयर बजारमा बहार

शेयर बजारमा ५२ अंकको वृद्धि, कारोबार रकम पनि ९ अर्बमाथि

माघ ९, २०८१
काठमाडौं
शेयर बजारमा ५२ अंकको वृद्धि, कारोबार रकम पनि ९ अर्बमाथि

शेयर बजारमा आइतबार ५० अंकमाथिको वृद्धि देखिएको छ । कारोबार रकम पनि धेरै पछि ९ अर्ब नाघेको छ ।

५२.३६ अंकले बढेर नेप्से परिसूचक २६६५.४५ बिन्दुमा पुग्दा कारोबार रकम ९ अर्ब २० करोड पुगेको हो ।

बुधबार १९६ कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीमा कुनै परिवर्तन भएन ।

कर्पोरेट डेभलपमेन्ट बैंक र डोल्टी पावरको शेयर मूल्य १० प्रतिशतले बढ्दा बाराही हाइड्रोपावरको मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

बुधबार सबै सेक्टरमा वृद्धि देखिँदा अदर इन्डेक्सले ४.२४ प्रतिशतको वृद्धि सहित लीड गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्