१९ असार २०८३, शुक्रबार

एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएम १ का पारखीहरूका लागि आकर्षक योजना

माघ ९, २०८१
काठमाडौं
एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएम १ का पारखीहरूका लागि आकर्षक योजना

एमएडब्ल्यू वृद्धिले माउन्टेन ईभी र टीएम १ मोडलहरूका पारखीहरूको लागि विशेष योजना ल्याएको छ। यो योजनाले नयाँ प्रविधि र विशेष सुविधाहरूको मिश्रणमार्फत विद्युतीय सवारीको अनुभवलाई थप रोमाञ्चक र सरल बनाउने उद्देश्य लिएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले माउन्टेन ईभी र टीएम १ मोडलहरू खरिद गर्दा ८० प्रतिशतसम्म वित्तीय सहायताको सुविधा पाउनेछन्।

माउन्टेन ईभीको लागि न्यूनतम डाउन पेमेन्ट ९.९९ लाख रुपैयाँ र टीएम १ को लागि ५.९९ लाख रुपैयाँ मात्र तोकिएको छ, जसले विद्युतीय सवारीको स्वामित्वलाई थप सुलभ र किफायती बनाएको छ।

यसका साथै, ग्राहकहरूले एक वर्षको निःशुल्क बीमा, आर्थिक वर्ष २०८१/८२ का लागि सडक कर छुट, र घरमै सजिलै चार्ज गर्न ७ किलोवाट क्षमताको निःशुल्क चार्जरको सुविधा पाउनेछन्।

यस योजनामा थप आकर्षणस्वरूप, खरिदकर्ताले निःशुल्क एक्सेसरिज र ‘टप–अप वेस्ट भ्यालुएसन बोनस’ जस्ता विशेष लाभ पाउनेछन्, जसले उनीहरूको लगानीलाई अझ मूल्यवान बनाउनेछ।​

एमएडब्ल्यू वृद्धिले यो योजना विद्युतीय सवारी साधनको लोकप्रियता बढाउँदै नेपालमा नवप्रवर्तन र वातावरणमैत्री यात्रा प्रवर्द्धन गर्न ल्याएको हो।​

null

salt training

कमेन्ट गर्नुहोस्