२० असार २०८३, शनिबार

१ लाख ७४ हजार बराबरको लत्ताकपडा बरामद

माघ ९, २०८१
सिरहा
१ लाख ७४ हजार बराबरको लत्ताकपडा बरामद
फाइल फोटो

सशस्त्र प्रहरीले सिरहाको औरही गाउँपालिका–४ भट्टीमोडबाट मङ्गलबार भन्सार छली गरेर ल्याइएका लाखौं मूल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको कपडा आज प्रहरीले भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका लत्ताकपडा रु एक लाख ७४ हजार चार सय ८० रुपैयाँ मूल्य बराबरका छन् ।

कपडा लिएर आएका दुई व्यक्ति भने प्रहरीको गस्ती टोली देखेपछि भागेको उपरीक्षक भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्