
काठमाडौं, ३ मंसिर- नेकपा माओवादी केन्दक्रा अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि विभिन्न खाले प्रतिक्रियाले सामाजिक सञ्जाल भरिएको छ । दाहालको निधन प्रति अधिकांशले दुख ब्यक्त गर्दै श्रदान्जली दिएका छन् ।
प्रकाशको निधनपछि दुख व्यक्त गर्दै कलाकार दिपकराज द्धान्जली दिएका छन् । उनले लेखेका छन्, ‘मृत्युको हुरीले प्रकाश निभ्यो, धैर्य र संयमको दियो बलोस् हार्दिक श्रद्धान्जली ।’
साहित्यकार तना शर्माले पनि बिहानैको दुखदखबरले स्तब्ध तुल्याएको फेसबुकमा लेखेका छन् । साहित्यकार शरद पौडेल, बिजयराज पाण्डे, स्नेह सायमी लगायले प्रकाश दाहालको आत्माले शान्ती पाओस् भन्ने कामना गरेका छन् ।

