
यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को आज प्रिमियर भएको छ । ललितपुरको लबिम मलमा रहेको क्युएफएक्समा फिल्मको प्रिमियर गरिएको हो ।
प्रिमियरमा मदन कृष्ण श्रेष्ठ ,हरिवंश आचार्य , प्रियंका कार्की , आयुश्मान जोशी लगायत विभिन्न क्षेत्र बाट उपस्थिति रहेको थियो ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।
फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णलगायतको अभिनय छ ।