
काठमाडौं, ३ मंसिर – पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको हृदयाघातका कारण आकस्मिक निधन भएपछि यतिबेला काठमाडौंको नर्भिक अस्पतालमा भीड लागेको छ । कैयन् शुभेच्छुकले उनीप्रति समवेदना प्रकट गरेका छन् ।
यसैबीच अभिनेत्री रेखा थापा पनि प्रकाश दाहाललाई भेट्न नर्भिक पुगेकी छिन् । अभिनेत्री रेखाले प्रकाशलाई आफ्नो भाइ मान्ने गर्थिन् ।
रेखाले फेसबुकमा लेखेकी छिन्, ‘प्रकाश दाहालको आकस्मिक निधनले स्तब्ध भएकी छु ।’
केही दिनअघि मात्र अभिनेत्री रेखा थापा राप्रपा प्रजातान्त्रिकको चुनावी प्रसारका लागि सिन्धुपाल्चोक पुगेकी थिइन् ।