२२ असार २०८३, सोमबार

एमाले नेता ऐन महरविरुद्ध अनुसन्धान अघि बढाउन अदालतको आदेश

माघ ९, २०८१
काठमाडौं
एमाले नेता ऐन महरविरुद्ध अनुसन्धान अघि बढाउन अदालतको आदेश

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि प्रहरीले अनुसन्धान अघि बढाउनुपर्ने भएको छ । 

बुधबार उच्च अदालत पाटनले महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको हो । 

महरबाट बलात्कृत भएको भन्दै एक महिलाले दिएको जाहेरी तामेलीमा राखिएपछि पीडित अदालत पुगेकी थिइन् । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ समेतलाई विपक्षी बनाएर दायर मुद्दामा न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाले अनुसन्धान अघि बढाउन आदेश दिएका हुन् । 

अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउ आदेश दिएको सो मुद्दामा पीडितको तर्फबाट बहस गरेका अधिवक्ता डा सुरेन्द्र भण्डारीले जानकारी दिए । 

जसअनुसार अब प्रहरीले महरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्