११ साउन २०८३, सोमबार

महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको मृत्यु

माघ १०, २०८१
काठमाडौं
महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित जलगाउँमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको ज्यान गएको छ । दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन् । 

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ । जसमा तीन नेपाली छन् । 

दैनिक भास्करको रिपोर्टअनुसार ज्यान गुमाउनेमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन् । 

बाँकी चार जना भारतीय हुन् । अरू मृतकको सनाखत हुन सकेको छैन । 

घाइतेहरूको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको समाचारमा उल्लेख छ । 

गुडिरहेको रेलमा आगो लागेको आशङ्का गरेर यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए ।

त्यही समयमा अर्को रेलमा ठोक्किर पनि केही मानिसको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्