०८ साउन २०८३, शुक्रबार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ

माघ १०, २०८१
काठमाडौं
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक व्यक्तिलाई प्रहरीले ओमानबाट पक्राउ गरेर नेपाल ल्याएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने विनोद पौडेललाई ओमानबाट पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ। 

एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको  छ । 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट पुस १२ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारबाहीका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्