२७ असार २०८३, शनिबार

अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा उपेन्द्र जम्कटेलको उम्मेदवारी

माघ १०, २०८१
काठमाडौं
अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा उपेन्द्र जम्कटेलको उम्मेदवारी

अखिल क्रान्तिकारी धादिङका इन्चार्ज उपेन्द्र जम्कटेलले संगठनको केन्द्रीय उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।

संगठनले पदाधिकारीमा ३२ वर्षे उमेर हद कायम गरेका बेला युवा विद्यार्थी नेता जम्कटेलले बागमती प्रदेशतर्फ उपमहासचिव पदका लागि उम्मेदवारी दिएका हुन् ।

१७ वर्षभन्दा बढीको संगठनात्मक अनुभव संगालेका जम्कटेल संगठनप्रति समर्पित ऊर्जाशील युवाका विद्यार्थीका रूपमा परिचित छन् ।

जम्कटेलको संगठनात्मक यात्रा सन् २०६५ मा किरान्चोक मावि इकाई कमिटीमा आबद्धताबाट शुरू भएको हो ।

त्यसपछि उनले संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व क्षमताको उत्कृष्ट नमूना प्रस्तुत गर्दै आएका छन्।

२०६८ इकाई सचिव, २०६९ किरान्चोक अध्यक्ष, २०७० मा तत्कालीन धादिङ क्षेत्र नं. ३ सचिवालय सदस्य, २०७२ मा जिल्ला सहसचिव, २०७३ मा जिल्ला सचिव, २०७५ मा जिल्ला संयोजक भएका जम्कटेल तत्कालीन नेकपा (माओवादी र एमाले मिलेर बनेको) कालमा जिल्ला सहसंयोजकका रूपमा कार्यरत थिए ।

सर्वोच्चको आदेशले माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि जम्कटेल २०७९ यता संगठनको जिल्ला इन्चार्जका रूपमा कार्यरत छन् ।

जम्कटेलले आफ्नो नेतृत्वमा संगठनलाई नयाँ उचाइमा पुर्‍याएका छन् । स्ववियु निर्वाचनमा धादिङका ८ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीलाई जिताउन उनले प्रमुख भूमिका खेलेका थिए ।

आफ्नो कार्यकालमा संगठनलाई जिल्लामा पहिलो बनाउन सफल भएको उल्लेख गर्दै उनले संगठनप्रति निरन्तर निष्ठा र इमान्दारिताका साथ लागिपरेको बताए ।

अखिल (क्रान्तिकारी)लाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउन आफू केन्द्रीय उपमहासचिवको भूमिकाका लागि योग्य रहेको जम्कटेलको भनाइ छ ।

नेतृत्वदायी क्षमताका कारण उनी संगठनको भविष्यका लागि प्रभावकारी योगदान दिन सक्ने युवा विद्यार्थी नेता समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्