०२ असार २०८३, मंगलबार

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

माघ १०, २०८१
काठमाडौं
१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सप्तरीमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विष्णुपुर गाउँपालिका-१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अकलेशले ती बालिकालाई सोही गाउँपालिका-७ स्थित कोशी नहरको डिलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।

उजुरीका आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्