०४ असार २०८३, बिहीबार

असनमा भएको आगलागीबाट ३५ लाख बराबरको क्षति

माघ १०, २०८१
काठमाडौं
असनमा भएको आगलागीबाट ३५ लाख बराबरको क्षति

 काठमाडौँ महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

आज दिउँसो असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँ तलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युत्को तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् । 

घटनास्थलमा परिसरबाट प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारको कमाण्डमा गएको १५ जनाको टोली र जुद्ध बारुण न्युरोडको दुई वटा बारुणयण्त्र र ललितपुरको एक गरी तीन वटा दमकलको सहयोगमा आगो निभाइएको उनले बताइन् । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको परिसरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्