०३ असार २०८३, बुधबार

आफूविरुद्ध महिलाहरूले मुद्दा नहालून् भनी हार्भे वेन्स्टाइनले हिटलिस्ट बनाएको खुलासा

आफूविरुद्ध महिलाहरूले मुद्दा नहालून् भनी हार्भे वेन्स्टाइनले हिटलिस्ट बनाएको खुलासा

काठमाडौं, ३ मंसिर — हलिउडका प्रभावशाली फिल्म निर्माता हार्भे वेन्स्टाइनले यौन दुर्व्यवहार गरेका महिलाले आफूविरुद्ध मुद्दा नहालून् भनी लगभग सयजना प्रसिद्ध व्यक्तिको हिटलिस्ट बनाएको दी अब्जर्भर पत्रिकाले खुलासा गरेको छ । 

महिलाहरूले यौन दुर्व्यवहारको दाबी गर्लान् र दाबीलाई सार्वजनिक गर्लान् कि भनी पत्ता लगाउन उनले व्यक्तिहरूको कालोसूची बनाएका रहेछन् ।  

यसअघि खुलासा नभएको यो सूचीमा ९१ जना अभिनेता, प्रचारक, निर्माता, लगानीकर्ता र फिल्म उद्योगमा काम गर्ने अन्य व्यक्तिको नाम समावेश थियो । आफूविरुद्ध यौन दुर्व्यवहारको दाबी गरेर सार्वजनिक गर्नसक्ने महिलालाई त्यसो गर्नबाट रोक्नका लागि उनले रणनीति बनाएको बुझिएको छ । 

वेन्स्टाइन आफैंले यी नामहरू तयार पारेर उनले खटाएको टोलीलाई बाँडेका थिए । उक्त सूची सन् २०१७ को शुरुवातमा तयार पारिएको थियो । यसै वर्षको अक्टोबर ५ तारिखमा द न्युयोर्क टाइम्सले वेन्स्टाइनविरुद्ध यौन दुर्व्यवहारका आरोपको शृंखला प्रकाशित गरेर हंगामा मच्चाउनुभन्दा नौ महिनाअघि यो सूची तयार भएको रहेछ । 

रोज मक्गोवान, लाउरा म्याड्डेन, जेल्डा पर्किन्स, सोफी डिक्सलगायतका अभिनेत्रीहरूले वेन्स्टाइनविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्