
काठमाडौं, ३ मंसिर ( नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको शवलाई अन्तेष्टिका लागि पशुपति आर्यघाटमा लगिएको छ ।
उनको शवलाई माओवादी हेडक्वाटर कोटेश्वरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्तेष्टिका लागि आर्यघाट लगिएको हो ।
दाहालको आज विहान हृदयघातको कारण ज्यान गएको थियो । हृदयघातपछि अस्पताल पुर्याइएको भएपनि प्रकाशको अस्पताल पुर्याउनु अघि नै ज्यान गइसकेको थियो ।
प्रकाशको शवलाई अब केहीबेरमा अन्तेष्टि गर्ने अन्तिम तयारी हुँदैछ । प्रकाशको अन्तेष्टिमा सरिक हुन विभिन्न नेताहरु पशुपति आर्यघाटमा पुगेका छन् दाहालको अन्त्यष्टिमा सहभागी हुन सयाैं सर्वसाधारणा पशुपति पुगेका छन् ।




