११ साउन २०८३, सोमबार

अमेरिकी विमान दुर्घटना: पानीको बहाव र प्रतिकूल मौसमले उद्धार कार्य स्थगित

माघ १८, २०८१
काठमाडौं
अमेरिकी विमान दुर्घटना: पानीको बहाव र प्रतिकूल मौसमले उद्धार कार्य स्थगित

अमेरिकामा बुधबार राति भएको अमेरिकन एयरलाइन्सको विमान दुर्घटनापछि उद्धार कार्यलाई स्थगित गरिएको छ।​ हेलिकप्टरसँग ठोक्किएपछि विमान पोटोमाक नदीमा खसेको थियो, उद्धार टोली नदीमा खोजी कार्यमा खटिएको थियो ।

सीबीएस न्यूजका अनुसार गोताखोरहरूले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै खोजी अभियानलाई रोक्ने निर्णय गरेका छन् ।

अमेरिकी कोस्ट गार्डले भने विमानको भग्नावशेष हटाउने कार्यलाई प्राथमिकता दिइरहेको जनाएको छ । त्यसपछि पुनः खोजी कार्य सुचारु गरिने समाचारमा उल्लेख छ । 

पानीको बहाव र मौसमको प्रतिकूल अवस्थाले गोताखोरहरूको कामलाई चुनौतीपूर्ण बनाएको छ। परिस्थिति अनुकूल भएपछि उद्धार कार्य पुनः शुरू गरिने बताइएको छ।

अमेरिकामा बुधबार राति अमेरिकन एयरलाइन्सको विमान हावामा रहेको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको थियो ।

दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । यद्यपि हालसम्म ४० जनाको मात्रै शव निकालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्