०६ साउन २०८३, बुधबार

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, १ जना घाइते

माघ १८, २०८१
बुटवल
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, १ जना घाइते

पश्चिम नवलपरासीमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

नवलपरासी रामग्राम नगरपालिका–१२ पाँचगाउँका ५२ वर्षीय राजेश लोनियालाई बिहीबार राति प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

लागुऔषधको कारोबार हुँदैछ भन्ने सूचना पाएर लोनियाको घरमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा भैरहवाबाट सादा पोसाकका प्रहरी पुगेका थिए । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले प्रहरी टोलीमाथि जाई लागेपछि गोली प्रहार गरिएका बताए ।​

लोनियालाई नियन्त्रणमा लिन चार राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । उनको साथबाट ९३ पुरिया ९९५ दशमलव  (८ ग्राम) ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।​​

पाँचगाउँका केही स्थानीयहरू लामो समयदेखि घरबाटै लागुऔषध बिक्री गर्दै आइरहेको सूचना प्रहरीले पाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्