३२ असार २०८३, बिहीबार

भक्कानिँदै एलिनाले भनिन्– मेरो व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउनु होला​

माघ १९, २०८१
काठमाडौं
भक्कानिँदै एलिनाले भनिन्– मेरो व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउनु होला​

पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी गायिका एलिना चौहानले बिहे गर्नु हतारको निर्णय भएको प्रतिक्रिया जनाएकी छिन् ।

सम्बन्धविच्छेदका लागि निवेदन दिएको भोलिपल्ट सामाजिक सञ्जालमा भिडियो राख्दै चौहानले आफ्नो व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउनसमेत आग्रह गरेकी छिन् ।

‘एकदम सोचेर सल्लाह गरेर डिसिजन लिएको कुरा हो, कहिलेकाही कतिपय कुरा इच्छा भन्दा पनि गर्नुपर्ने जरुरी रहेछ, बिहे गर्नु हतारको डिसिजन थियो,’ उनले भिडियोमा भनेकी छिन् । 

एलिनाले आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाए जस्तो हुने भन्दै सापकोटालाई गाली नगर्न आग्रह गरिन् । ‘उहाँलाई गाली नगर्नु होला, मेरो जिन्दगीको डिसिजन मैले लिएको हो । व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउनु होला, छोरी चेलीलाई सम्झिनु होला,’ उनले भावुक हुँदै भिडियोमा भनेकी छिन् । 

सम्बन्धविच्छेदका लागि दिएको निवेदन बाहिरिएसँगै आफूलाई धेरै फोन आइरहेको भन्दै उनले कुरा गर्न सक्ने अवस्थामा नरहेको बताएकी छिन् ।

भिडियोमा उनी पटक-पटक भावुक भन्दै आँसु खसालेकी थिइन् ।

अस्ट्रेलियामा बस्ने बागलुङका सापकोटासँग गत वैशाखमा विवाह बन्धनमा बाँधिएकी चौहान १० महिनामै वैवाहिक सम्बन्ध टुंग्याउने निर्णयमा पुगेकी हुन् ।​ ​

एलिना युवा पुस्तामाझ लोकप्रिय गायिका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्