
भारतको कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा परेर मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा शनिबार साँझ भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।
धनुषाका डीएसपी वरुणबहादुर सिंहले मृतकहरु धनुषा र महोत्तरीबासी भएको जानकारी दिए ।
मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवीसहित ५ जना छन् । यस्तै अरु ४ जना घाइते छन् ।
कुम्भ मेला सकेर फर्किने क्रममा उनीहरु सवार गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको जनाएको छ ।