
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका- ४ निवासी खड्कालाई राष्ट्रपति पौडेलले सोमबार न्याय परिषद् सदस्यमा नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
नेपाल बार एसोसिएसनको सिफारिसमा खड्कालाई नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) अनुसार न्याय परिषद् सदस्य नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।