०४ असार २०८३, बिहीबार

विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने

माघ २१, २०८१
सिरहा
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने

नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रले ३३ केभी विष्णुपुर फिडरको विष्णुपुर–लहान सडकखण्डमा १० दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । 

सो खण्डमा ‘कण्डक्टर’ स्तरोन्नति गर्नुपर्ने भएकाले मङ्गलबारदेखि फागुन १ गतेसम्म विद्युत् अवरुद्ध हुने केन्द्रले जनाएको हो । 

यस फिडरअन्तर्गतका स्थानमा मङ्गलबार बिहान ७ देखि अपराह्न १ बजेसम्म तथा सार्वजनिक बिदाको दिनमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन हुनेछ । 

वितरण केन्द्रका अनुसार विष्णुपुर सवस्टेशनबाट सञ्चालित सम्पूर्ण क्षेत्रमा सेवा अवरुद्ध हुनेछ । निर्धारित समयअघि नै काम सम्पन्न भएमा सोहीअनुसार सूचना जारी भई सेवाबारे जानकारी दिइने वितरण केन्द्रले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्