१३ असार २०८३, शनिबार

१०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माण सुरु

माघ २१, २०८१
भक्तपुर
१०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माण सुरु

भक्तपुरको चाँंगुनारायण नगरपालिका–८ चरेलीमा १०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माण सुरु भएको छ ।  

आज चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चरेलस्थित भुतेको ढुङ्गामा १०८ फिट अग्लो मूर्ति निर्माण कार्यका शीलान्यास गर्दै मूर्ति बनेपछि यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे । 

मूर्ति निर्माण समितिका अध्यक्ष निवर्तमान परासर सापकोटाले रु ४२ करोडको लागतमा निर्माण हुने मूर्तिका लागि रु १३ लाख ५० हजार नगरपालिकाबाट सहयोग प्राप्त हुने र बाँकी रकम दाताबाट सङ्कलन भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्