२९ जेठ २०८३, शुक्रबार

योगदान रकम जम्मा प्रक्रिया थप सहज बनाउने तयारी

माघ २२, २०८१
काठमाडौं
योगदान रकम जम्मा प्रक्रिया थप सहज बनाउने तयारी

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि कोषमा योगदान रकम जम्मा गर्न थप सहज बनाउने तयारी गरेको छ । 

कोषका अनुसार विदेशमा रहेका योगदानकर्ताले सूचना प्रणाली प्रयोग गरेर कोषमा सहज रूपमा नियमित योगदान गर्न सक्ने गरी व्यवस्था गर्न लागेको हो । 

वैदेशिक रोजगारीमा जानेले सबैले एक पटक योगदान गरे पनि नियमित गर्ने सङ्ख्या असाध्यै कम भएपछि कोषले सूचना प्रणाली प्रयोगलाई प्राथमिकता दिन थालेको जनाएको छ । 

कोषका सूचना अधिकारी उत्तमराज नेपालले भने पछिल्ला दिनमा वैदेशिक रोजगारीमा गएकाले पनि कोषमा नियमित योगदान गर्ने रहेको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्