२४ जेठ २०८३, आइतबार

साहारा चितवन सहकारी ठगी : रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

माघ २२, २०८१
काठमाडौं
साहारा चितवन सहकारी ठगी : रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

सहकारीको रकम हिनामिना गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित १५ व्यक्ति र ६ संस्थाविरुद्ध ​मुद्दा दायर गरेको छ ।

कार्यालयले मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा सोमबार मुद्दा दर्ता हुने तयारी भए पनि मंगलबार मात्रै दर्ता गरिएको हो।  

यसअघि सरकारी वकिल कार्यालयले ढाँचा र तथ्य नमिलेको भन्दै प्रहरीलाई फाइल फिर्ता गरेको थियो।

सुधारपछि प्रहरीबाट प्राप्त फाइल अध्ययन गरी मुद्दा दर्ता गरिएको हो। 

अभियोजन पत्रमा लामिछाने समेतको हस्ताक्षरमा संयुक्त सञ्चालन हुनेगरी खाता खोलेको दिनदेखि नै कानूनी दायित्व शुरू भएको देखिने दाबी गरिएको छ ।

सहकारी ठगी सम्बन्धमा लामिछानेविरुद्ध दर्ता भएको यो चौथो मुद्दा हो । यसअघि कास्की, काठमाडौं र रूपन्देहीमा मुद्दा चलिसकेको छ । तीनवटै अदालतबाट लामिछाने धरौटीमा रिहा भएका छन् । 

सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका थिए ।

लामिछानेविरुद्ध पर्सामा समेत प्रहरीले बयान लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्