
बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ सुन्दर वस्ती स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१० धापाखेल बस्दै आएका ४४ वर्षीय गम बहादुर पौडेल र काठमाडौं महानगरपालिका–१६ पकनाजोल बस्ने ४४ वर्षीया भवानी तुलाधर रहेका छन् ।
पौडेललाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ चारदोबाटोबाट पक्राउ गरिएको हो । उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
पौडेलको नाममा अन्य चारवटा मुद्दा समेत दर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
तुलाधरलाई पकनाजोलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार, पठाइएको छ।