२३ असार २०८३, मंगलबार

पारा एथलेटिक्स टोली भोलि दुबई जाने

माघ २२, २०८१
काठमाडौं
पारा एथलेटिक्स टोली भोलि दुबई जाने

दुबई २०२५ विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित ६ सदस्यीय नेपाली टोली भोलि दुबई प्रस्थान गर्ने भएका छन् । 

बुधबारदेखि आगामी फागुन २ गतेसम्म हुने उक्त प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । 

प्रतियोगितामा नवराज कार्कीले पुरुष चार सय मिटर र एक हजार ५०० मिटर दौड, विलिशा अर्यालले महिला एक सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्बेले महिला दुई सय र चार सय मिटर दौड तथा लङजम्पमा सहभागी हुने छन् ।

यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने बताइएको छ । टिम व्यवस्थापकमा साङ्बु भोटे, प्रशिक्षकमा ओलम्पियन बिमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् ।  

टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अञ्जना श्रेष्ठ र पारा एथ्लेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । 

salt training

कमेन्ट गर्नुहोस्